Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चयकोष र लगानीकोषका ग्राहक पनि सम्पत्ति शुद्धीकरणका सम्भावित कसुरविरुद्ध निगरानीमा

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, १८ : ४८ मा प्रकाशित

सञ्चयकोष र लगानीकोषका ग्राहक पनि सम्पत्ति शुद्धीकरणका सम्भावित कसुरविरुद्ध निगरानीमा

नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धि व्यवस्था जारी गर्दै सोही अनुसार गर्न गराउन निर्देशन दिएको छ ।

जारी व्यवस्था अनुसार सञ्चयकोष र लगानीकोषले विभिन्न किसिमका ग्राहकहरुसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा बृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्नेछ । विद्युतीय माध्यमबाट हुने कारोबारअन्तर्गत प्रणालीगत रुपमा महत्वपूर्ण र अस्वाभाविक रुपमा वा शंकास्पद तवरवाट कारोबार गर्ने ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा सम्बद्ध कसूर सम्बन्धी अपराधमा संलग्न हुन सक्ने आधार देखिएको वा शंका गर्नु पर्ने मनासिब कारण देखिएको ग्राहकका हकमा अनिवार्य बृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्नेछ ।

यसैगरी भ्रष्टाचार, करछलीलगायत अन्य आपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेका मुलुकका ग्राहक वा हाल वसोवास वा पेशा वा व्यवसाय गरिरहेको स्थान आदिको आधारमा जोखिममा रहेका ग्राहक, नगदको वढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहक वा नयाँ वित्तीय प्रविधि वा उपकरण मार्फत् कारोबार गर्ने ग्राहक तथा प्रचलित कानुनबमोजिम नैतिक पतन हुने कसूरजन्य कार्यमा संलग्न भई अदालतबाट कसूरदार ठहरिएको ग्राहकका हकमा पनि अनिवार्य बृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्नेछ ।

माथि उल्लेखित प्रकृतिका ग्राहकहरुसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा अनिवार्य बृहत ग्राहक पहिचान पद्धतिका अतिरिक्त इन्ह्यान्सड कस्टमर ड्यु डिलिजेन्स अवलम्बन गर्नु पर्नेछ । यसैगरी कारोबारको स्रोत पहिचान वा सम्पुष्टि गर्ने, कारोबारको उद्देश्यको जानकारी वा सोको प्रमाण लिने, कारोबारको अनुगमन गर्ने प्रयोजनका लागि सीमा निर्धारण गर्ने वा अन्य कुनै उपाय अवलम्बन गर्ने र अन्तर्राष्ट्रिय प्रचलन अनुसार इन्ह्यान्सड कस्टमर ड्यु डिलिजेन्स गर्ने संयन्त्रको विकास गरी सो मार्फत् सूचना लिनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको