Like us!
Follow us!
Connect us!
Watch us!

बजारले बुलिस सिग्नल दिइसकेको छ, अबको यात्रा कता ?

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, ०९ : ४७ मा प्रकाशित

बजारले बुलिस सिग्नल दिइसकेको छ, अबको यात्रा कता ?

बजारको रिभ्यु 

२१८० देखि २२०० को अवरोध क्षेत्रको चार पटक परीक्षण गरिसकेको नेप्से इन्डेक्सले पछिल्लो पटक जनवरी १७ मा २२०० विन्दु तोड्न प्रयत्न गरेको थियो । उच्च सप्लाईसहित करिब ९.८ अर्बको भोल्युमसँगै नेप्से रिभर्स भएयता बजारले उक्त अवरोध तोड्न भने सकेको छैन । त्यसपछि १९६०-१९९० को क्षेत्रमा रहेको डिमान्ड जोनमै मार्च ३ तारिखमा बजारले लो लगाएर फेरि बाउन्सब्याक भएको थियो । मे महिनाको पहिलो साता उक्त न्यून विन्दुलाई रिटेस्ट गरि बजार पुन उकालो यात्रामै लागेको थियो । मासिक क्यान्डल हेर्दा पनि बजारले डिसेम्बरमै बुलिस यात्रा तय गरिसकेको देखिएको थियो । अप्रिल महिनामा इन्साइड पिनबार क्यान्डल बनेर मे महिनामा बजारले फेब्रुअरीको हाइलाई परीक्षणसमेत गरेको छ । समग्रमा हेर्दा बजारले पछिल्ला ६ महिनामा २१८० विन्दुमाथि राम्रै प्रतिरोधको सामना गरेको छ भने १९६० देखि १९९० को विन्दुमा बलियो सपोर्ट लिइरहेको छ ।

बैंकिङ सबइन्डेक्सको नेतृत्व

वैशाखको अन्तिम सातादेखि बजेट भाषण अघिसम्म बजारले निरन्तर उकालो यात्रा लिएको थियो जसमा बैंकिङ सबइन्डेक्सले लिड गरेको देख्न सकिन्छ । निरन्तर बढेको बैंकिङ सबइन्डेक्समा पुलब्याक आउँदा यो साता भने समग्र नेप्सेमै पनि राम्रै करेक्सन देखिएको छ । यसलाई दीर्घकालीन लगानीकर्ताले खरिदको मौकाका रुपमा लिनसक्ने देखिन्छ । बैंकिङ सबइन्डेक्स तथा नेप्सेमा रहेका हाई क्याप स्टक र न्यून मूल्यमा रहेका पुराना हाइड्रोहरुमा आउँदा दिनमा डिमान्ड देखिए बजारले यसपटक २१८०-२२८० को विन्दु सजिलै तोडेर अझै माथिको यात्रा तय गर्ने देखिएको छ । निकै तल आइसकेका कतिपय बैंकहरुको सेयरमूल्य त्यसै न्यून विन्दुमा पुग्ने सम्भावना पनि निकै कम रहेको छ जसले समग्र नेप्से इन्डेक्सलाई नै  केही हदसम्म थाम्ने देखिन्छ । बैंकिङ सेक्टरको प्रोफिट बुकिङ तथा करेक्सनलाई ध्यानमा राखी आगामी साता बजार रिभर्स ब्याक हुने उच्च सम्भावना रहेको छ । 

मुभिङ एभरेजको सिग्नल

साप्ताहिक क्यान्डल हेर्दा यसपटक ५० दिने मुभिङ एभरेज र १०० दिने मुभिङ एभरेजबीच क्रसओभर भएको छ । सन् २०२१ पछि पहिलोपटक यसरी क्रसओभर हुनु बजारलाई पक्कै पनि सुखद संकेत हो । मुभिङ एभरेजको यो संकेतले पनि बजार बुलिस फेजमा प्रवेश गरिसकेको धेरै हदसम्म कन्फर्मेसन दिएको बुझ्न सकिन्छ । २० वर्षदेखिको नेप्सेको ईतिहास हेर्दा १०० दिने मुभिङ एभरेजलाई ५० दिने मुभिङ एभरेजले क्रसओभर दिएपछि हरेक बुल चरण शुरु हुने गरेको छ । उक्त क्रसओभर पछि आउने हरेक करेक्सनलाई खरिद मौकाकै रुपमा लिन सकिन्छ भने बजारले करेक्सनपश्चात हाइयर हाइ बनाउँदै गएको ईतिहास छ ।

इन्भेष्टरलाई होल्ड एन्ड बाई रणनीति 

मार्च ३ मा १९४६ को विन्दुसम्म झरेको बजार उक्त न्यून विन्दुभन्दा तल झर्न सकेको छैन तर त्यसपछिको २१२३ को उच्च विन्दुलाई भने बजारले ब्रेक गरिसकेको छ । मध्य र लामो समयका लगानीकर्ताका लागि अहिलेको अवस्था स्पष्ट बुलिस रहेको देखिन्छ भने सर्ट टर्म स्वीङ्ग ट्रेडरले फलिङ मोमेन्टमलाई ध्यानमा राखी ट्रेड पोजिसन लिन सक्ने देखिन्छ । २०७०-२१०० मा कमजोर सपोर्ट रहेको कारण बजार यसै विन्दुबाट रिभर्स समेत हुने सम्भावना हुँदा आउँदो साताको कारोबार निकै महत्त्वपूर्ण रहने देखिएको छ । २०४० को विन्दुलाई डेली बेसिसमा बलियो सपोर्ट तथा डिमान्ड जोनका रुपमा लिन सकिन्छ ।

फिबोनाची रिट्रेसमेन्ट तथा सपोर्ट/रेसिस्टेन्स

फिबोनाची रिट्रेसमेन्टका आधारमा यस स्वीङ्गको ०.५ लेभल २०४० आसपास नै रहँदा त्यस विन्दुलाई बजारले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा ध्यान दिनुपर्नेछ ।
डिमान्ड जोन / बलियो सपोर्ट : १९६०-१९९०
अन्तरिम सपोर्ट : २०४०
रेसिस्टेन्स जोन : २१८०-२२८०

सक्रिय रुपमा सेयर ट्रेडिङ गर्दै आएका टेक्निकल एनालिस्ट शिरीषसँगको कुराकानीका आधारमा अघिल्लो साताको रिभ्यु र आगामी महिनाको सेयर बजारको सम्भावित दिशाका बारे गरिएको विश्लेषण। 

नोटः यो विश्लेषण नेप्सेको टेक्निकल चार्टका आधारमा गरिएको हो, सेयर बजार आँफैमा जोखिमको क्षेत्र हो सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

यो पनि हेर्नुहोस :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको