Like us!
Follow us!
Connect us!
Watch us!

मध्य जापानमा ५.९ रेक्टर स्केलको भुइँचालो

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १० : २७ मा प्रकाशित

मध्य जापानमा ५.९ रेक्टर स्केलको भुइँचालो

सोमबार मध्य जापानमा ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ ।

स्थानीय समय अनुसार बिहान ६:३१ बजे मध्य जापानको नोटो प्रायद्वीपलाई केन्द्रविन्दु बनाएको भुइँचालोबाट तीन घर भत्किएको जनाइएको छ । भुइँचालोबाट कुनै मानवीय क्षतिको खबर भने प्राप्त नभएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पका कारण सुनामीको सम्भावना नरहेको तथा आणविक प्लान्टहरुमा पनि कुनै क्षति नपुगेको जनाइएको छ ।

यस अघि जनवरी १ तारिखका दिन नोटो प्रायद्वीपमै गएको ७.६ रेक्टर स्केलको भुइँचालोमा परी २६० जनाले ज्यान गुमाएका थिए । आजको भुइँचालो सोही भूकम्पसँग सम्बन्धित भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको