Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोको स्थगित साधारणसभा पुन: आह्वान

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ११ : ४२ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोको स्थगित साधारणसभा पुन: आह्वान

गणपूरक संख्या नपुगेपछि स्थगित भएको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १५ औं र १६ औं वार्षिक साधारणसभाको पुन: आह्वान गरिएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।

कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ २८ गते काठमाडौंको कोटेश्वरस्थित केएम कोटेश्वर ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले यस अघि चैत २९ गतेका लागि साधारणसभा मिति तय गरेको थियो । साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते एकदिन कम्पनीले बुक क्लोज गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको