Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १० : ५५ मा प्रकाशित

सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले मंगलबार पुन अर्को रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ हजार ७ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको