Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ भाजपालाई कडा धक्का लाग्ने संकेत, गठबन्धन बिना बहुमत गुमाउँदै

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १४ : ५१ मा प्रकाशित

भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ भाजपालाई कडा धक्का लाग्ने संकेत, गठबन्धन बिना बहुमत गुमाउँदै

भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई बलियो धक्का लाग्ने देखिएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार भाजपाले २३६ स्थानमा मात्र अग्रता कायम गर्न सफल भएको छ । २०१९ को तुलनामा यो संख्या करिब ६६ सिटले कम हो जतिबेला भाजपा एक्लैले ३०३ सिटमा विजय हात पार्दै बिना गठबन्धनको सहयोग बहुमत हात पारेको थियो । हाल बिजेपी आबद्ध एनडिए गठबन्धनले २९० स्थानमा अग्रता लिएको छ । ५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट चाहिने हुन्छ ।

यस्तै एनडिएको विपक्षी गठबन्धन इन्डियाले २३६ स्थानमा अग्रता कायम गर्न सफल भएको छ जसमध्ये उक्त गठबन्धनको मुख्य घटक काङ्ग्रेस आइले १०० स्थानमा अग्रता लिएको हो । अघिल्लो चुनावमा काङ्ग्रेस ५२ सिटमा सीमित रहेको थियो । चुनावमा सात स्वतन्त्र उम्मेदवारले पनि अग्रता लिइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको