Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १० : ३९ मा प्रकाशित

कुमारी बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्  । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगालमा आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको