Like us!
Follow us!
Connect us!
Watch us!

म पनि सहकारी पीडित हुँ: प्रधानमन्त्री दाहाल

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १४ : ४९ मा प्रकाशित

म पनि सहकारी पीडित हुँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले आफू पनि सहकारी पीडित भएको बताएका छन् । 

सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । 

उनले विद्ममान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा समेत गरे । प्राधिकरण बनाएर अघि बढ्ने उनले बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरू हुने उनको भनाइ छ । 

सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्रीले सुनाए । सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाईसकेपछि विकृति देखिएको उनको तर्क छ ।

प्रधानमन्त्रीले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याइपुर्‍याइएको छ । बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरुले सताएका छैनन् ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको