Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, १० : ५३ मा प्रकाशित

एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै , आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको