Like us!
Follow us!
Connect us!
Watch us!

बीमामा बढ्दो अविश्वास , १० महिनामा करिब ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, १६ : ३५ मा प्रकाशित

बीमामा बढ्दो अविश्वास , १० महिनामा करिब ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर

पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । 

नेपाल बीमा प्राधिकरणको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ७० करोड रुपैयाँको बीमा पोलिसी परित्याग भएका छन् । तथ्यांक अनुसार विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ८७ हजार २०१ वटा बीमा पोलिसी परित्याग गरेका छन् । 

तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर पाइने 

ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै बीमा प्राधिकरणले सरेण्डरमा नयाँ नियम लागू गरेको छ ।
प्राधिकरणले जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । प्राधिकरणले  कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी सरेण्डर गर्न नपाउने व्यवस्था गरेको छ ।  बीमा समितिद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख सरेण्डर सम्बन्धी व्यवस्था गरिएको छ । बीमा सुरु गरेको मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्नसक्ने व्यवस्था छ ।  

कुन कम्पनीको कति ?

कुल सरेन्डर रकममा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को हिस्सा २२.०९ प्रतिशत छ । १० महिनामा एलआइसीको २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको १७ हजार २९६ पोलिसी बन्द भएका छन् । समिक्षा अवधिमा सन नेपाल लाइफको सबैभन्दा कम सन नेपाल लाइफको ५ करोड २३ लाख बराबरको ५४३ वटा पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय बीमा संस्थानको पनि ९० करोड २१ लाख रुपैयाँ बराबरका १० हजार ४८३ वटा पोलिसी, नेशनल लाइफको ७९ करोड ५२ लाख बराबरको ५ हजार ६७१ वटा, एयिशन लाइफको ६७ करोड ७० लाख रुपैयाँ बराबरको ७ हजार ९४३ वटा, सूर्यज्योति लाइफको ५८करोड १० लाख बराबरको ४ हजार २१९ वटा, हिमालयन लाइफको ५७ करोड ८९ लाख बराबरको ६ हजार ५०९ वटा पोलिसी सरेन्डर भएका छन् ।

मेट लाइफको ३३ करोड ६१ लाख , सानिमा रिलायन्सको १६ करोड ५० लाख, प्रभु महालक्ष्मीको १४ करोड २१ लाख, सिटिजनको १२ करोड १६ लाख, आइएमई लाइफको १० करोड ५६ लाख, रिलायवल नेपालको ७ करोड ५७ लाख रुपैयाँ बराबरका बीमा पोलिसी परित्याग भएका छन् ।

निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बीचमै रोकिएमा त्यसलाई बीमा पोलिसी सरेण्डर गरिएको मानिन्छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण बिमितले पोलिसी सरेण्डर गर्ने गरेको देखिन्छ । 

बजारमा सुस्तता आएको समयमा बीमा पोलिसी त्याग गरेरै भए पनि पैसा चलाउनका लागि बिमीतहरूले चाहना राख्ने गरेको जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल बताएका छन् ।

 ‘अहिले बजारमा सुस्तता आएको छ, मूल्य वृद्धि पनि बढ्दो छ ।  मानिसहरूको आम्दानीको तुलनामा खर्च बढेको छ यसले र योसँगै केही अभिकर्ताहरूको बदमासीको कारण ग्राहकहरूले यसरी बीचमै बीमालेख सरेण्डर गरिरहेका हुन्छन् । ‘आफ्नो फाईदाका लागि बीमा पोलिसी बिकाउने बीमक प्रतिनिधिहरुले बढिको बीमा गराउँदा बढी कमिसन आउँछ भन्ने सोचाइका कारण बीमा सरेन्डरका मुद्दाहरु बढ्दै गइरहेका छन्’  उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको