Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

अर्थ संसार

शनिबार, ०१ असार २०८१, ०७ : ०६ मा प्रकाशित

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । समुह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समुह चरणबाट नै बाहिरिएको हो ।

गएराती हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल बर्षाले रद्ध भएपछि समुह ए मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो । समुह ए बाट भारत यस अघिनै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।

पाकिस्तानले शुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो । तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरेपनि अब पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको