Like us!
Follow us!
Connect us!
Watch us!

आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०९ : १५ मा प्रकाशित

आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित

पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो ।

आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

समुह ए मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समुह चरणबाटै बाहिरिएका छन् । पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समुहमा तेस्रो भएको छ

 त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगेका  छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको