Like us!
Follow us!
Connect us!
Watch us!

करिब १४ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १० : ३१ मा प्रकाशित

करिब १४ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक सेष्रधनीहरुको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज जेठ ३१ गतेदेखि ३५ दिनभित्र अर्थात् साउन ३१ गतेभित्र आवेदन दिनु पर्ने छ ।

संस्थापक सेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको