Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आगामी आर्थिक वर्षको बजेट

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १५ : ०२ मा प्रकाशित

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आगामी आर्थिक वर्षको बजेट

आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । 

उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको