Like us!
Follow us!
Connect us!
Watch us!

५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १८ करोडको कारोबार

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १५ : १६ मा प्रकाशित

५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १८ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २०७१.७७ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक ऋणपत्र ८५ का इकाईधनीले कमाएका छन् आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८.६५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधाना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको