Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट ,नेपाल फाइनान्सको सर्वाधिक कारोबार

अर्थ संसार

बुधबार, १२ असार २०८१, १५ : १५ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट ,नेपाल फाइनान्सको सर्वाधिक कारोबार

साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करिब ११ अंकको गिरावट आएको छ । बुधबार नेप्से ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७.२६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको