Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, १२ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद आवेदन दिन  पाउनेछन् । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेद नपरेमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

667d0420d4ba9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको