Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पीनिङ मिल्सलाई आईपिओ अनुमति दिएको मलाई जानकारी छैन्ः डा.नवराज अधिकारी

अर्थ संसार

विहीबार, १३ असार २०८१, १२ : २४ मा प्रकाशित

रिलायन्स स्पीनिङ  मिल्सलाई आईपिओ अनुमति दिएको मलाई जानकारी छैन्ः डा.नवराज अधिकारी

नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा.नवराज अधिकारीले स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति भन्ने सूचनाबारे आफु जानकार नभएको बताएका छन् । 

बोर्डले बुधबार रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति भन्ने सूचना बाहिरिएपछी अर्थसंसारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

रिलायन्स स्पीनिङ मिल्सले सर्वसाधारणका लागि ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति मागेको छ। प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको सेयर स्वीकृत दिएको कुरा आएको छ। 

लगानीकर्तालाई प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । गत माघमा निष्कासन गरिएको सेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो । 

बिहिबार बिहान देखि  नचलेको सेबोनको आधिकारिक वेबसाइट पनि अहिले भने चल्नथालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको