Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स मिल्सको आईपिओः धितोपत्र बोर्डकै ‘डबल रोल’

अर्थ संसार

विहीबार, १३ असार २०८१, १२ : ४७ मा प्रकाशित

रिलायन्स मिल्सको आईपिओः धितोपत्र बोर्डकै ‘डबल रोल’

रिलायन्स मिल्सको आईपिओ सम्बन्धमा धितोपत्र बोर्डकै डबल रोल देखिएको छ । बोर्डका अध्यक्ष र प्रवक्ताबीच नै समन्वय देखिदैन् । 

बोर्डको अध्यक्षको जिम्मेवारी सम्हालीरहेका नरेन्द्र कुमार रानाले रिलायन्स स्पीनिङ मिल्सलाई आईपिओ अनुमति दिएको बताएका छन् । यता बोर्डकै प्रवक्ताले भने यो बिषयबारे आफु जानकार नभएको बताए । यद्यपि यसबारे सेबोनको वेभसाईटमा भने केही राखिएको छैन । 

अध्यक्ष रानाले  अफिसकै कुरा थाहा छैन भनेर भन्न पाइन्छ भन्दै प्रवत्ता नवराज अधिकारीलाई प्रश्न समेत गरेका छन् । 

रिलायन्स स्पीनिङ मिल्सले सर्वसाधारणका लागि ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति मागेको छ। प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको सेयर स्वीकृत दिएको कुरा आएको छ। 

 लगानीकर्तालाई प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । गत माघमा निष्कासन गरिएको सेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको