कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस