Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको २२ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

सोमबार, १७ असार २०८१, ११ : १० मा प्रकाशित

एनएमबि बैंकको २२ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

एनएमबि बैंकले संस्थापक सेयर  लिलामीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको २२ हजार ७२७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । 

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम १२० रुपियाँ तोकिएको उक्त सेयर खरिदका लागि सो वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । साथै, उल्लिखित सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आज (असार १७) देखि २३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । 

बोलपत्र फाराम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको