नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् ।
गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस