Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

अर्थ संसार

सोमबार, १७ असार २०८१, १७ : ३५ मा प्रकाशित

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ  । अध्यक्ष सिफारिस समितिले अन्तर्वातामा आवश्यक संख्यामा उम्मेदवार उपस्थित नभएको भन्दै प्रक्रिया रद्द गरेपछी अध्यक्षमा सर्टलिस्ट भएर प्रस्तुति दिएका सन्तोष नारायण श्रेष्ठले अदालतमा मुद्धा दायर गरेका हुन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिको अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो ।

अध्यक्ष सिफारिस समितिले दुई पटक सम्म समय दिएर अन्तर्वार्ताका लागि बोलाए पनि ५ जना मध्ये ३ जना अनुपस्थित भए पछि प्रक्रिया रद्द भएको थियो । असार १४ गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको थियो ।

बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको