Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले गठन गर्यो धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुरानै सदस्यको नयाँ समिति

अर्थ संसार

सोमबार, १७ असार २०८१, २१ : १७ मा प्रकाशित

सरकारले गठन गर्यो धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुरानै सदस्यको नयाँ समिति

आज बसेको मन्त्रिपरिषद् बैठक नयाँ समिति गठन गर्दै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रकिया अगाडी बढाएको छ। 

पुरानो प्रक्रिया रद्दपछि मन्त्रिपरिषद्ले फेरि नयाँ प्रकिया सुरु गरेको हो। नयाँ समिति गठन भएपनि सदस्य भने पुरानै रहेको जानकारी प्राप्त भएको छ। 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। सिमितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य रहनेछन् भने अर्को सदस्यमा =उदय निरौला रहेका छन् । अब यस समितिले पहिले जसरी नै प्रकियाहरु अगाडी बढाउने छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको