Like us!
Follow us!
Connect us!
Watch us!

ओली सरकार बन्ने भएपछि पुंजीबजारका लगानीकर्ता उत्साहित भन्छन,'हामीले चाहेकै यहि थियो हुने भयो'

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०९ : १४ मा प्रकाशित

ओली सरकार बन्ने भएपछि पुंजीबजारका लगानीकर्ता उत्साहित भन्छन,'हामीले चाहेकै यहि थियो हुने भयो'

नेपाली कांग्रेस र नेकपा एमाले बीच सोमबार राति भएको सहमतिले एमाले नेतृत्त्वमा नयाँ सरकार गठन हुने भएसँगै पुँजी बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरू निकै नै हर्षित देखिन्छन्।

सोमबार नै केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने हल्ला बजारमा आएसँगै निरन्तर केहि दिन देखि लगातार घटिरहेको बजार हिजो सोमबार कारोबार १६.९ अंकले बढेर नेप्से परिसूचक २०५३.३८ मा बन्द भएको छ। 

अझ, अर्थ मन्त्रालय एमालेले पाउने खबर आएसँगै पुँजीबजारले अब नयाँ र्याली सुरु गर्ने \भन्दै लगानीकर्ताहरू उत्साहित छन्। पुंजीबजारले सधैँ नै एमाले नेतृत्त्वको सरकारलाई सकारात्मक रुपमा लिएको इतिहासले देखाउछ। 

अबको मौद्रिक नीति पूर्व नै एमाले सरकार गठन हुने भएपछि त्यसको प्रभाव पनि मौद्रिक नीतिमा देखिने जानकारीहरूको विश्लेषण छ। हालका गभर्नर महाप्रसाद अधिकारी पनि एमाले नजिक रहेकोले सरकारलाई सहयोग हुने गरेर अर्थतन्त्र चलायमान बन्ने नीति आउने बजार विश्लेषकको तर्क छ। 

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको समयमा पुँजी बजार निरन्तर घटेको देखिन्छ। राष्ट्र बैंकको कडा नीति र सरकारको बजार प्रति निरन्तर बेवास्ताका कारण बजारप्रति लगानीकर्ता निरुत्साहित छन्।निरन्तर लगानी घटेर डुबेका लगानीकर्ता भने अब एमालेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएसँगै निकै नै आकर्षित प्रफुल्ल देखिन्छन। हर्षित एक लगानीकर्ताले आफ्नो सामाजिक संजालमा लेखेका छन् ,'हामीले चाहेकै यहि थियो ,हुने भयो।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको