Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १० : ४९ मा प्रकाशित

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस

नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन् ।

कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग  सहमति गरेको बताएका छन् ।

उनले संबिधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संबिधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए । उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् ।

उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।

प्रवक्ता महतले गएराती सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको