Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डलाई राजिनामा दिन एमालेको बुधबारसम्मलाई अल्टिमेटम

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १९ : १८ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डलाई राजिनामा दिन एमालेको बुधबारसम्मलाई अल्टिमेटम

नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार सम्म राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। 

आज मंगलबार बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन सबै राजनीतिक दललाई आह्वान गर्नुका साथै  संविधानको धारा ७६ (२) अनुसारको अर्को सरकार निर्माण गर्न  बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको सचिवालयले भनेको छ। 

ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने बताए ।

योसँगै एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ ।।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

गएराती कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै वर्तमान सत्ता समीकरण भत्किएको थियो । सहमति अनुसार कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।  जसमा शुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको