Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला

अर्थ संसार

बुधबार, १९ असार २०८१, ११ : २५ मा प्रकाशित

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला

सानिमा बैंकले सर्वसाधारणका लागि संस्थापक सेयरको बिक्री खुला गरेको छ ।

बैंकले सेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ । 

न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपियाँ तोकिएको यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् । 

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा आवेदन नपरेपछि सो सेयर लागि खुला गरिएको हो । 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको