Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ- सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०८ : ५० मा प्रकाशित

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ- सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।'

उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको