Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ: माधव नेपाल

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १२ : ३१ मा प्रकाशित

प्रधानमन्त्रीले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ: माधव नेपाल

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् ।

दशौं महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  

‘अहिले पनि हामी निरन्तर सरकारको समर्थनमा छौँ । यो सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ,’उनले भने,  ‘हामी हाम्रो तर्फबाट सकारात्मक निर्णय गर्नेछौँ ।’

प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिने पूर्वअडानमै छन् ।

नयाँ सत्ता समीकण बनाउने घोषणा गरेका नेकपा (एमाले) र नेपाली कांग्रेसले भने प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको