Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक आज बस्दै

अर्थ संसार

आइतबार, २३ असार २०८१, ०८ : ३३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको 'विनियोजन विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले 'पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०' पेस गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०' पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको