Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई महेश बस्नेतको जवाफ: तपाईलाईओलीमाथि प्रश्न उठाउने कुनै नैतिक अधिकार छैन

अर्थ संसार

आइतबार, २३ असार २०८१, ०९ : १३ मा प्रकाशित

बालेनलाई महेश बस्नेतको जवाफ: तपाईलाईओलीमाथि प्रश्न उठाउने कुनै नैतिक अधिकार छैन

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई जवाफ दिदै उनलाई नेकपा एमालेका अध्यक्ष ओली माथि प्रश्न गर्ने कुनै नैतिक अधिकार नरहेको बताएका छन्। 

 सामाजिक सञ्जाल मार्फत महेश बस्नेतको जवाफ:

दुई वर्ष अगाडि बालेनको बारेमा मैले गरेको टिप्पणीका कारण मेरो निर्वाचन प्रभावित भयो भन्ने कुरा अहिले पनि म सुन्ने गर्दछु । बालेनजीले काठमाडौँ महानगरपालिका सम्हालेको दुई वर्ष नाघेको  छ ।चुनावको बेलामा बालेनजीले हरेक विषयलाई सहजै र सजिलै पुरा गर्ने भन्नुहुन्थ्यो । जनताले पत्याएर भोट पनि हालिदिए ।

उहाँले भन्नुभएको । स्मार्ट ट्वाइलेटको हालत अहिले कुन अवस्थामा पुगेको छ ? इन्फ्रास्ट्रक्चर एम्बुलेन्सको हाल खबर के छ ? बेस्मेन्ट खाली गरेर सबै पार्किङ व्यवस्था गर्ने भन्ने कुरा कहाँ पुग्यो ? फोहोरको व्यवस्थापन गरेर काठमाडौँलाई हाराभरा बनाउने अस्वासन कहाँ पुग्यो ? 

तपाईँले तोडेर अलपत्र पारेको टुकुचा कसले बनाइदिने हो ? तपाईंले फोडेर अलपत्र बनाएका संरचनाहरु कसले बनाइदिनु हुन् ? त्यस्मा काठमाण्डौ बासीको सम्पति कति नष्ट गराउनु भैराछ ? तपाईं ले गरेको निर्माण चाँही के के हो ?  काठमाडौं महानगरको बिकास बजेट किन १६% भन्दा खर्च गर्न सक्नु हुन्न ? तपाईं लोकतान्त्रिक कि निरंकुश मेयर हो कि लोकतान्त्रिक मेयर हो  भने नगरसभा किन ह्यान्डल गर्न सक्नुहुन्न ?  सबैको बिचार र भिजनलाई किन सम्मन गर्नु हुन्न ? 

अघिल्लो वर्ष श्रीमती चढेको गाडी ट्राफिकले रोकिदियो भनेर आक्रोश सोसल मिडियामा पोख्नुभयो र सिंहदरबार जलाउँछु भन्नुभयो। तपाईं अराजक मात्र होइन भावन मरेको असामान्य हर्कत गर्ने मान्छे हो भन्ने कुराको पुष्टी हो त्यो ! त्यही बेलामा तपाईंको श्रीमती सुत्केरी भएर दुइटा बच्चा जन्मेको भन्ने सहानुभूति लिन र आलोचना बाट बच्न खोज्नुभयो । दुईटा बच्चामध्ये एउटा बच्चा बचाउन सक्नुभएन। भन्ने कुरालाई हामी सबैलैइ दुःखी बनायो। तर तपाईं भने श्रीलंकामा रातारात पुगेर किर्केट हेर्न जानुभयो। सुत्केरी श्रीमतीको श्याहार र मृत बच्चाको अन्तिम संस्कार तपाईको स्टण्डबाजिमा प्राथमिकतामा परेनन !

बसन्त नेम्वाङ भौतिक मन्त्री र केपी ओली प्रधानमन्त्री भएको बेलामा बनाएको बिजुलि बजारको आर्क पुलमा फुल रोप्ने काम गरेर केपी ओली सरकार हुँदा समृद्ध सहर निर्माण अभियानमा ४ अर्ब खर्च गरेर बनाएको बाटोमा रङ्ग लगाउने र बत्ति जोडेर आफैले सबै गरेको जसरी चर्चा गराउनुभयो । तपाइले गरेका ५ वटा पुर्बाधारका काम के के हो ?  भनेर कसैले सोधेमा दिने जवाफ तपाई संग छैन ।

पब्लिक सेन्टिमेन्टलाई दुरुपयोग गरेर सोसल मिडियामा वारुम चलाएर केही अराजक समूह परिचालन गरेर आफ्नो  प्रशंसा आफैले गर्न लगाएर तपाईं निकै नै मात्तिनु भएको छ । सोसल मिडियाले बनाइदिएको चर्चाको आयु कति हुन्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी र रबि लामिछाने बाट सिके भयो होलानि ? 

तपाईँले चलाएको रुटिन अफ नेपाल बन्द ट्रोल नेपाल जोक्स नेपाल जस्ता साइटहरु तपाईंको पक्षमा र अरुको विरुद्धमा साइबर क्राइम आकर्षित हुने गरेर परिचालित भएको कुरा सबैले सूचना राखेकै छन्।

हिजो दिनभरका वर्षाले काठमाडौँ उपत्यकाका सबै नदीहरू जलमग्न भए सडकहरु मा अबरोध भयो । त्यतिखेर स्थानीय तहको नेतृत्व गरेको मेयर राहत र उद्धारमा खट्नुपर्ने बेलामा तपाईं दिनभरि इन्जोय गरेर बस्नुभयो । खान नहुने कुरा र तान्न नहुने कुरा तानेर बस्नुभयो , भन्ने काठमाडौँ बासीको गुनासो छ। 

काठमाडौँ बासीले तपाईंको विरुद्ध अभिव्यक्ति दिन थाले। कतिका मोटरसाइकल डुबे कति सडकमा अलपत्र परे भत्केर टुटेका सडकहरु सामाजिक संजालमा पोष्ट गरेर वा बालेन सिटी भनेर उडाए । तपाईको लोकपृयताको मापन घटेको अनुभुति भएपछि ।

त्यसपछि दिउँसको नशाको सनक राति चढेर तपाईंले केपी शर्मा ओलीज्यूलाई गाली गर्दै गिरिबन्धु टी स्टेट तर्फ कुरा मोडेर काठमाडौँमा नभएका सारा विकासको दोष उहाँलाई लगाएर आफू पानी माथिको ओभानो बन्ने प्रयत्न गर्नुभयो । स्मरण होस् आधुनिक काठमाडौँको विकास पूर्व मेयर केशव स्थापितले गरेका हुन्। खोलाको भागलाई चौडा गर्ने र कोरिडोर निर्माण गर्ने कुरा केपी शर्मा ओलीज्यू प्रधानमन्त्री भएको बेलामा सहरी विकास मन्त्रालयले तीव्र गतिमा अगाडि बढाएका कामहरु हुन् ।

विद्यासुन्दर शाक्य मेयर भएको बेलामा काठमाडौँका सबै सडकहरूको स्तर उन्नति गर्ने र कोर एरियामा परम्परागत ढंगले सहरको विकास गर्ने कुरामा तीव्रता पाएको हो। धरहरा केपी ओलीकै पालामा बनेको रानीपोखरी दरबार स्कुल जस्ता आधुनिक संरचनाहरु केपी ओलीकै पालामा बनेका हुन । 

आज त्यही धरहराको अन्डरग्राउन्ड पार्किङ प्रयोग गरेर वा बालेन भन्न लगाउनु भएको छ। तपाईंका यस्ता नौटंकी र हर्कत अब धेरै दिन टिक्ने छैनन् ।
मधेसीको छोरो भएर अधिकांश मधेसीहरू प्रतिनिधित्व गर्ने कबाडी व्यवसायीलाई आक्रमण गर्नु भएको छ । सुकुम्बासीहरूलाई कुनै विकल्प नदिएर लखट्नु भएको छ । न्यु रोड पुतली सडक बानेश्वर जस्ता व्यापारिक हबहरू अलपत्र बनाएर अर्थतन्त्र चौपट पार्नुभएको छ। बिना बिकल्प फुटपाथ ब्यबसायीलाई लखेटन भएको छ । करिब ५ लाख लाई रोजगारी दिएका साना ब्यब्सायी भागाभागमा परेका छन । सोसल मिडिया बाहेक मिडिया फेस गर्न सक्नुहुन्न। काठमाडौँ जनतालाई भेट्ने हिम्मत छैन। लुकीलुकी भागीभागी हिँड्नुहुन्छ । दुई चारवटा ।ठाँउमा बसेर खान नहुने कुरा खाएर सन्केर उत्तेजनामा आएर अरुको उग्र बिरोध गर्ने बाहेक केही गर्नु हुन्न भन्ने आरोप मान्छेले लगाउन थालिसकेका छन् ।

तपाईँलाई केपी शर्मा ओलीज्यूमाथि प्रश्न उठाउने कुनै नैतिक अधिकार छैन। जहाँसम्म गिरिबन्धु टी स्टेटको कुरा छ। राज्यले कुनै पनि उद्योगले उपयोग गरेको जमिनलाई हद भन्दा बढी सट्टापट्टा गरेर अन्यत्र जग्गा खोजेर उद्योग हस्तान्तरण गर्न सक्छ भन्ने मान्यताका आधारमा गिरिबन्धु टी स्टेटको जमिनको सट्टा भर्ना या बिकृ गर्ने निर्णय तत्कालीन सरकारले गरेको हो। सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्नु भनेर आदेश गरिसकेको सन्दर्भमा त्यो विषय उठाएर एमालेको बदनाम गर्नुको कुनै अर्थ छैन ।हिम्मत छ भने अख्तियार राज्यका निकायहरुमा कारबाहीको विषय बनाउँदा भयो। 

नवउदारवाद र पपुलिस्ट शक्तिहरूको हालत के हुन्छ भन्ने कुरा युक्रेनको राष्ट्रपति जेनलेस्की पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान र दिल्लीका मुख्यमन्त्री केजरीवालको हालत हेर्दा पुग्छ । त्यही भएर काठमाडौँ जस्तो महानगरपालिकामा हामीलाई नयाँ जेनलेस्की चाहिएको होइन । तपाईंका यस्ता हर्कतहरु काठमाडौँ बासी र युवाहरुले प्रतिरोध गर्नुपर्ने र आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भइरहेको देखिँदैछ। यो तर्फ सचेत हुनुहोला । काठमाडौँ बासी र युवाहरूले आन्दोलन र प्रतिरोध गरे र्भने तपाईं र तपाईंका वरिपरिका चाटुकारले थेग्न र्भनेसक्दैन चेतना होस्।

यस अघि काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे कटाक्ष गरेका थिए ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका थिए- 'काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको