Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा थुप्रिँदै निक्षेप, ८० प्रतिशत भन्दा तल झर्यो सीडी रेसियो

अर्थ संसार

आइतबार, २३ असार २०८१, १४ : ४३ मा प्रकाशित

बैंकिङ प्रणालीमा थुप्रिँदै निक्षेप, ८० प्रतिशत भन्दा तल  झर्यो सीडी रेसियो

असार लागेसँगै बैंकिङ प्रणालीमा ७१ अर्ब ७२ करोड निक्षेप थपिएको छ ।  

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४ देखि १६ असारसम्म यति निक्षेप थपिएको हो । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुँदा निक्षेप पनि थुप्रिन थालेको हो । 

४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६२ खर्ब ६३ अर्ब १६ करोड थियो । १६ असारमा आइपुग्दा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड पुगेको छ । निक्षेप थुप्रिँदै जाने, तर कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी पनि वृद्धि हुँदै गएको छ । ४ देखि १६ असारको बीचमा १३ अर्ब ११ करोड ९९ लाखको कर्जा विस्तार भएको छ । लगानीयोग्य पुँजीको अवस्था मापन गर्ने कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) १६ असारसम्म ७९.१८ प्रतिशत कायम भएको छ । ४ असारमा यस्तो अनुपात ७९.८७ प्रतिशत थियो ।  

जेठदेखि १६ असारसम्मको अवधि (करिब डेढ महिना) मा बैंक तथा वित्तीय संस्थामा एक खर्ब ४९ अर्ब १६ करोड निक्षेप बढेको छ । १ जेठमा ६१ खर्ब ८५ अर्ब ७२ लाख निक्षेप संकलन थियो । १६ असारमा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड रुपैयाँ पुगेको हो । १ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब सात करोड पुगेको थियो । १६ असारमा यो बढेर ५१ खर्ब ४९ अर्ब ४१ करोड कायम भएको थियो । यसबीच कर्जा प्रवाह ३९ अर्ब ३३ करोड ५३ लाख रुपैयाँले बढेको हो । १ जेठमा कर्जा निक्षेपको अनुपात ८०.३५ प्रतिशत रहेकोमा १६ असारसम्ममा ७९.१८ प्रतिशत कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको