Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको ३२ लाख कित्ताको लकइन अवधि साउन २७ गते सकिने

अर्थ संसार

सोमबार, २४ असार २०८१, ०८ : २७ मा प्रकाशित

तेह्रथुम पावरको ३२ लाख कित्ताको लकइन अवधि साउन २७ गते सकिने

पुँजीबजारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको लकइन अवधि आगामी साउन २७ गते सकिने भएको छ ।

कम्पनीका संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि साउन २७ गते सकिने भएको हो । अर्थात, यो  मितिबाट संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले लक भएका सेयर कारोबार बेच्न पाउनेछन्। कम्पनीमा हाल २८ लाख कित्ता संस्थापक सेयर, ४ लाख कित्ता स्थानीय बासिन्दाको सेयर र १६ हजार कित्ता कर्मचारीको सेयर लकइन रहेको छ ।

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दालाई र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गरेको थियो भने भदौ २५ गते बाँडफाँड गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको