Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०७ : ०३ मा प्रकाशित

युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु

युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ । यी १७ मृत्यु मध्ये, दुई बाल अस्पतालमा भएको थियो । निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ । आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो । बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । जेलेन्स्कीले किभ र स्लोभियान्स्क लगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए।

यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ। धुवाँको बादल कीभ शहर भर देख्न सकिन्छ।

जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको