Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १५ : ५२ मा प्रकाशित

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको हो ।

उक्त बैठकले आजैका मितिदेखि लागू हुने गरी ज्ञवालीलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको बैंकले जनाएको छ ।

फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको