Like us!
Follow us!
Connect us!
Watch us!

सरकारसँगै फेरिए सेबोनको अध्यक्ष, टीआईए भन्सार प्रमुख बराललाई दिइयो जिम्मेवारी

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, २१ : ३८ मा प्रकाशित

सरकारसँगै फेरिए सेबोनको अध्यक्ष, टीआईए भन्सार प्रमुख बराललाई दिइयो जिम्मेवारी

अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका छन् । नयाँ सत्ता समीकरणपछि बनेपछि अर्थमन्त्री पौडेलले बोर्डको जिम्मेवारी बराललाई दिएका हुन् ।  बराललाई बोर्ड सदस्य बनाउँदै अर्काे व्यवस्था नभएसम्मका लागि बोर्ड अध्यक्षष्को जिम्मेवारी समेत दिईएको हो । 

अर्थमन्त्री बिष्णु पौडेलले बराललाई बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गराएर बोर्डमा पदबहाली गरार्यसकेका छन् । अर्थमन्त्रालयको साउन २ गतेको निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्य तथा अध्यक्ष बनेका हुन् । बराल त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा रहेका थिए । 

तत्कालिन अर्थममन्त्री बर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाएका थिए । अर्थमन्त्री परिवर्तनसँगै रानालाई फिर्ता बोलाएर बराललाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था  रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको