Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ क्यापिटल ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गरिने

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, ०८ : २७ मा प्रकाशित

नेपाल लाइफ क्यापिटल ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गरिने

नेपाल लाइफ क्यापिटल लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । क्यापिटलले ४ लाख ३८९ कित्ता बिक्री गर्ने भएको हो।

कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामी गर्न लागेको हो ।  

बोलपत्र  साउन ८ गते देखि साउन २२ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । बोलकबोल भर्दा  न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको बैंक खाता वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको