Like us!
Follow us!
Connect us!
Watch us!

कसरी घट्यो निफ्राको नाफा?

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, ०८ : ५५ मा प्रकाशित

कसरी घट्यो निफ्राको नाफा?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 

निफ्राको नाफामा सामान्य गिरावट आएको देखिन्छ । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आवको सोही अवधिको तुलनामा ५.९७ प्रतिशतले कम हो।अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कसरी घट्यो नाफा ?

निफ्राको नाफा घट्नुको कारण कम्पनीको कम्पनीको खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी घटेको कारण देखिन्छ। निफ्राको खुद ब्याज आम्दानी ६.४६ प्रतिशतले घटेको छ। अघिल्लो अघिल्लो वर्ष २ अर्ब ७२ करोड रुपैयाँ रहेको ब्याज आम्दानी अहिले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । तेस्तै,खुद शुल्क तथा कमिशन आम्दानी पनि  ५४.२५ प्रतिशतले घट्दा आम्दानी १ करोड ४ लाख रुपैयाँमा सिमित बनेको छ। 
 

अन्य सूचक 

प्रतिसेयर आम्दानी(ईपीएस)
६.१६ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्तिको मूल्य 
१३१.५८ रुपैयाँ

प्रतिसेयर नेटवर्थ
११३.७० रुपैयाँ

मूल्य आम्दानी अनुपात
३७.०१ गुणा

तरलता अनुपात
४५९.७८ प्रतिशत

वितरणयोग्य मुनाफा
७० करोड ७२ लाख रुपैयाँ 

वितरणयोग्य प्रति सेयर आम्दानी
३ रुपैयाँ २७ पैसा

चुक्ता पूँजी
२१ अर्ब ६० करोड रुपैयाँ 
 
जगेडा कोष
२ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको