Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्दै साशा हाइड्रो,बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १७ : २३ मा प्रकाशित

आईपीओ निष्कासन गर्दै साशा हाइड्रो,बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

साशा इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे छ । प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्न लागेकाे कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको