Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य जहाज दुर्घटनाः ४ जनाको शव निकालियो

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : १२ मा प्रकाशित

सौर्य जहाज दुर्घटनाः ४ जनाको शव निकालियो

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्रबाट चारवटा शव बाहिर निकालिएको छ।

दुर्घटनास्थलमा पुगेका विमानस्थल सुरक्षा कार्यालयले अहिलेसम्म चारवटा शव बाहिर निकालिएको जानकारी दिएको छ । 

सौर्य एयरको ९ एनए एमई कल साइन भएको जहाज बिहान ११ बजेतिर उड्नेबित्तिकै खसेको थियो।

विमान क्याप्टेन मनीष शाक्यले उडाएका थिए। क्याप्टेनलाई भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको विमानस्थल कार्यालयका एक अधिकारीले बताए। ‘विमानमा १९ जान यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ’, ती अधिकारीले भने।

खस्नेबित्तिकै विमानमा आगो लागेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको