Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको एक लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, १० : ४२ मा प्रकाशित

एनएमबि बैंकको एक लाख कित्ता सेयर बिक्रीमा

एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख २३ हजार ३२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन नपाउने भएका छन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असार २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।
३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको