Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दो सेयर बजारमा सामान्य करेक्सन,कारोबार रकम २१ अर्ब ७१ करोड

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १५ : १३ मा प्रकाशित

बढ्दो सेयर बजारमा सामान्य करेक्सन,कारोबार रकम २१ अर्ब ७१ करोड

साताको अन्तिम दिन अर्थात बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडिसी कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभव पावर, सीटी होटलस्, कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको