Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ०८ : ५२ मा प्रकाशित

निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक सेयर बेच्ने भएको छ। निफ्राले आफ्नो नाममा रहेको  १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस सेयरमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन। बैंकले यस अगाडी असार १० गते ३५ दिने सूचना जारी गर्दै  संस्थापक शेयरधनीबाट मात्र सेयर खरीदका लागि आव्हान गरेको थियो। त्यसमा आवेदन  नपरेपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थालाई अब बिक्री खुला गरिएको हो। 

इच्छुक लगानीकर्ताहरूले साउन ७ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको