Like us!
Follow us!
Connect us!
Watch us!

सरकार निरंकुश बन्न खोज्यो- सांसद सापकोटा

अर्थ संसार

सोमबार, २१ साउन २०८१, २२ : १० मा प्रकाशित

सरकार निरंकुश बन्न खोज्यो- सांसद सापकोटा

नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।

सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्बजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको