Like us!
Follow us!
Connect us!
Watch us!

छिट्टै नै योग्य र सक्षम व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुन्छ :अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, २३ साउन २०८१, ११ : १६ मा प्रकाशित

छिट्टै नै योग्य र सक्षम व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुन्छ :अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरेका छन्। ‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने।

अर्थमन्त्री पौडेलले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति पनी छिट्टै हुने बताए। 
कानून सम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुने र यसका लागि सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने उनको भनाई। 

उनले भने, ‘सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया यति जटिल ९कम्प्लिकेटेड० हुनु हुँदैनथ्यो। म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा ग्रुज्रिएको थियो। अब कानूनसम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति बोर्डको अध्यक्षमा नियुक्ति हुन्छ। यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो प्रक्रिया अगाडी बढ्छ।’

उनले  पूँजीबजार वास्तवमै अर्थतन्त्रको ऐना भएको उल्लेख गर्दै समग्र पूँजीबजारको विकासको सन्दर्भमा सरकारले पारदर्शि र परिपक्व ढंगले काम गर्ने बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको