Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १० : ३९ मा प्रकाशित

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

 

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १ सय रुपैयाले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन  प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको