Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ आईपीओ प्रकरण : धितोपत्र बोर्डले सीआईबीलाई पठायो फाइल

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १८ : २७ मा प्रकाशित

रिलायन्स स्पिनिङ आईपीओ प्रकरण : धितोपत्र बोर्डले सीआईबीलाई पठायो फाइल

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरेर तयार पारेको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको छ।

धितोपत्र बोर्डले आफैँले आइपीओ अनुमति दिएको रिलायन्स स्पिनिङको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरी फाइल तयार पारेर  शुक्रबार सीआईबीमा पठाएको र थप अनुसन्धान सीआईबीले अघि बढाउने धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए । बोर्डले गरेको प्रारम्भिक अध्ययनमा के छ भन्नेबारे भने प्रवक्ता अधिकारीले खुलाउन चाहेनन् ।

रिलायन्स स्पिनिङको आइपीओ गत असार २७ गतेबाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री खुला गरिने भनिएको थियो। कम्पनीको वित्तीय विवरणमा लफडा देखिएपछि लेखा समितिले धितोपत्र बोर्डलाई पत्र पठाउँदै वित्तीय अवस्थामा कैफियत देखिएको रिलायन्स स्पिनिङलाई बुक बिल्डिङ विधिमार्फत आइपीओ अनुमति दिनुको कारणबारे प्रस्ट जबाफ पठाउन ७ दिनको समयसीमा दिएको थियो।

लेखा समितिको निर्देशनपछि धितोपत्र बोर्डले रिलायन्स स्पिनिङको आइपीओ रोक्न रिलायन्स स्पिनिङ र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई पत्र पठाएको थियो। गत असार २७ गते नै कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राखिएको भन्दै सूचना जारी गरेको थियो।

रिलायन्स स्पिनिङले सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता  सेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता  सेयर जारी गर्ने तयारी गरेको थियो। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको थियो। कम्पनी योग्य संस्थागत लगानीकर्तालाई भने  सेयर बिक्री गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको