Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य १ लाख ५० हजार ८ सय

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, ११ : २१ मा प्रकाशित

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य १ लाख  ५० हजार ८ सय

नेपाली बजारमा सुनको मूल्यले फेरी नँया रेकर्ड कायम गरेको छ  ।  सुनको मूल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँ घटेको छापावाला सुन मंगलबार २१ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको