Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, एक तोला किन्न कति रुपैयाँ पर्छ ?

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १० : ४७ मा प्रकाशित

घट्यो सुनको मूल्य, एक तोला किन्न कति रुपैयाँ पर्छ ?


नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । मंगलबार २१ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको